शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एसएमएल इसुजुको नेपालका लागि आधिकारिक बिक्रेतामा लक्ष्मी ग्रुप

सोमबार, वैशाख ८ २०८२
एसएमएल इसुजुको नेपालका लागि आधिकारिक बिक्रेतामा लक्ष्मी ग्रुप

एसएमएल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार विस्तार तथा सुदृढीकरणका लागि सदैव तत्पर रहने जनाएको छ।

काठमाडौं- एसएमएल इसुजुले नेपालका लागि एकमात्र आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ। नेपाली भू-बनोट तथा बजारमा लोकप्रिय एवं प्रभावकारी मानिने एसएमएल इसुजुका सवारीसाधनहरु विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ।

एसएमएल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार विस्तार तथा सुदृढीकरणका लागि सदैव तत्पर रहने जनाएको छ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारीसाधन बिक्री गर्दै आएको छ। हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको र आगामी दिनमा अझै विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए।

SML Isuzu.png

उनले लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए। 'यस ब्राण्डप्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एसएमएल इसुजुले एकमात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो। कम्पनीको यस निर्णयबाट हामी अत्यन्त खुसी र उत्साहित छौँ', उनले भने।

एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्परका साथै स्कुल बस र स्टाफ बसअन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन्। स्कुल बस सेग्मेन्टमा यस ब्राण्ड विगत लामो समयदेखि बजारको अग्रणी स्थानमा रहेको कम्पनीको दाबी छ।


प्रकाशित : सोमबार, वैशाख ८ २०८२१८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend