शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ९१ हजार पुग्यो

सोमबार, वैशाख ८ २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ९१ हजार पुग्यो

सोमबार सुनको मूल्य तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुग्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ९१ हजार रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

लगातार उचाइमा पुगेर यो साता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार दुईसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो।

आइतबार सुन प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि गएको बिहीबार सुन उच्च मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि स्थिर रहेको छ। आइतबारका लागि प्रतितोला एक हजार नौ सय ६० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार तीनसय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, वैशाख ८ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend