शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य स्थिर

आइतबार, वैशाख ७ २०८२
सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा लगातार बढिरहेको सुनचाँदीको मूल्य यो साता आइतबार भने स्थिर रहेको छ।

काठमाडौं- नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य यो साता आइतबार भने थामिएको छ।

गएको बिहीबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो। आज भने सुनको मूल्यमा घटबढ नभएको हो।

गत शुक्रबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा मूल्य कायम भएको चाँदी यो साता आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ७ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend