शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी सम्झौता

बिहीबार , वैशाख ४ २०८२
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी सम्झौता

सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन्।

पोखरा- प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिक-९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ।

कास्कीलगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरणको उद्देश्यले सोमबार बैंक र समितिबीच साझेदारी भएको हो।

उक्त सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन्।

उक्त सम्झौताले पोखरा महानगरपालिका-९ शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायीहरुलाई दैनिक कारोबार नगद रहीत बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ।

यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकका व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend