शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो

बिहीबार , वैशाख ४ २०८२
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो

यस्तै बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान बनाइरहेको छ।

बुधबार १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँ पगेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। 

अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

यस्तै बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

अमेरिका र चीनबीच चर्किँदो 'व्यापार युद्ध'ले लगानीकर्ताहरू सुरक्षित विकल्प मानिरहेछन् सुन अमेरिका र चीनबीच चर्किँदो 'व्यापार युद्ध'ले लगानीकर्ताहरू सुरक्षित विकल्प मानिरहेछन् सुन


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend