शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : नेपालको ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ४ २०८२
सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ : नेपालको ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका अनुसार हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने उद्देश्य रहेको छ।

काठमाडौं- देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर- देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर सञ्चालनमा ल्याएको छ।

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको हो। जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए।

जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका अनुसार हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने उद्देश्य रहेको छ।

फुटबल एक माध्यम हो- लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानिय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने लक्ष्य रहेको वरिष्ठ उपाध्यक्ष दाहालको भनाइ छ।

धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर- देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ। त्यसपछि क्रमिक रुपमा अन्यत्र हुनेछ।

प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend