शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

एनसेलले ल्यायो नयाँ प्याक, ३० रुपैयाँभन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३ २०८२
images
एनसेलले ल्यायो नयाँ प्याक, ३० रुपैयाँभन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा
images
images

काठमाडौं- नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ। आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरु सञ्चालनमा ल्याएको हो। 

images
images
images

भ्वाइस सेवामा, एनसेलले रु ३९ देखि रु ५९९ सम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ। यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र रु २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्ने जनाएको छ। 

images
images

एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ।

images
images

त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

भारतमा फोन गरी सम्पर्कमा रहीरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ मा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक सञ्चालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन्। यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो। 

सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ। ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरुले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन्। २,४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन्। यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ। 

आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १,९९९ रुपैयाँ मा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ। त्यसैगरी, ग्राहकहरुलाई १,१९९ रुपैयाँमा ८४ दिनका लागि १,१९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ। 

ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन्। 

'यी नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत हामी सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौँ।हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं' एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने। 

आफ्ना ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै, एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ।

एनएसएल डबल डेटा अफरअन्तर्गत, ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन्। त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन्।


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१९:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend