शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई गोरखा गार्डन होटलमा १५ प्रतिशतसम्म छुट

बुधबार, वैशाख ३ २०८२
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई गोरखा गार्डन होटलमा १५ प्रतिशतसम्म छुट

यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने बैंकको विश्वास छ।

पोखरा- प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका-६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ। सोमबार एक कार्यक्रमका बीच प्रभु बैंकका ग्राहक र कर्मचारीलाई गोरखा गार्डन होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतामा होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख गण्डकी प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रालिमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने बैंकको विश्वास छ।


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend