शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलाकै एक लाख ८७ हजार पुग्यो सुनको मूल्य, प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा

बुधबार, वैशाख ३ २०८२
तोलाकै एक लाख ८७ हजार पुग्यो सुनको मूल्य, प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा

बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम हुँदा चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ८७ हजार रूपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रूपैयाँ पुगेर रेकर्ड कायम भएको थियो। बुधबार पुन: उकालो लाग्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

यो साता मंगलबार तोलामा १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, वैशाख ३ २०८२११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend