आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

images
मंगलबार, वैशाख २ २०८२
images
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण

जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रूपैयाँ बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ।

images
images

रुकुम पश्चिम- जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन्।

images
images
images

६ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए।

images
images

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत संकलन गरेको थियो। चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ। 

images
images

हालसम्म सानीभेरी गाउँपालिका-५ र ७ तथा आठविसकोट नगरपालिका-३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन। केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन्।

जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए।

जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए।

जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रूपैयाँ बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख २ २०८२१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend