शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनआईसी एसिया बैंकद्वारा नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

मंगलबार, वैशाख २ २०८२
एनआईसी एसिया बैंकद्वारा नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० रूपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ।

मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा बैंकले घोषणा गरेको यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्नेछन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० रूपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एकजना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ। २०८२ बैशाख १ गतेदेखि सुरु भएको यो योजना २०८२ बैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ। 

नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ।

प्रकाशित : मंगलबार, वैशाख २ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend