शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सिटिजन्स बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

images
आइतबार, चैत ३१ २०८१
images
सिटिजन्स बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ।

images
images
images

बैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यही बैशाख १ गतेदेखि बैशाख ३१ गतेसम्म १ महिनाको लागि लागु हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो।

images
images

सो योजनाअन्तर्गत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलोपटक पस (पीओएस) मेसिन वा अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रूपैयाँक्यास ब्याक दिइने बैंकले जनाएको छ।

images
images

यसैगरी सिटिजन्स मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुका लागि पनि ५ सय रूपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रूपैयाँ क्यासब्याक प्रदान गरिने छ। साथै फोनपे मर्चेन्टले आफ्नो व्यावसायिक कारोबार रकम क्यूआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन एकजना मर्चेन्टलाई १ हजार ८ सय रूपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ।

साथै बैंकले योजना अवधिभरमा ई-कम कार्ड लिइ पहिलोपटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइल बैंकिङमार्फत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रूपैयाँ क्यासब्याक उपलब्ध पाउनेछन्।

साथै बैंकको एक मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाइट टिकट प्राप्त हुनेछ।

वार्षिकोत्सवकै उपलक्ष्यमा बैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ।

डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरु नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई बढावा मिल्ने विश्वास बैंकले लिएको छ।

बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : आइतबार, चैत ३१ २०८११८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend