काठमाडौं- एमएडब्लू वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने दिपल ई०७ को औचपारिक डेलिभरी सुरु गरेको छ। अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने भएका छन्।
एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’मा परिणत हुनसक्ने अनौठो क्षमता भएको दिपल ई०७ ले सार्वजनिक भएपछि नेपाली अटोमोबाइल जगतमा गज्जबको उत्साह सञ्चार भएको थियो।
‘इन्डस्ट्री फस्र्ट’ फिचर, ‘कटिङ एज’ प्रविधि र अद्वितीय पर्फर्मेन्स भएको ई०७ ले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको थियो।
‘रियर ह्वील ड्राइभ’ र ‘अल ह्वलि ड्राइभ’ दुवै भेरियन्टमा उपलब्ध हुने दिपल ई०७ ले बेजोड पावर र पर्फर्मेन्स दुवै प्रदान गर्छ। हाललाई ‘रियर ह्वील ड्राइभ’को डेलिभरी सुरु भएको हो। ‘रियर ह्विल ड्राइभ’मा १ सय ९० किलोवाटको मोटर जडान गरिएको छ जसले २ सय ५८ पीएस पावर र ३ सय ६५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा ५ सय ६६ किलोमिटरको रेन्ज दिन्छ।
‘हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौँ। बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौँ,’ एमएडब्लू वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने, ‘बुकिङ गर्नु भएका ग्राहकको पहिलो ब्याचलाई हामी डेलिभरी दिइसकेका छौँ। हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौँ र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौँ।’
डेढ महिनादेखि कुरिरहेका ग्राहकलाई अन्ततः एमएडब्लू वृद्धिबाट ‘अटोमोबाइल मार्भेल’ ई०७ को डेलिभरी पाएका हुन्। दिपल ई०७ ले एड्भेन्चरको कन्सेप्टलाई नै पुनः परिभार्षित गरिदिएको छ। अब भने ट्रान्सफर्मर क्षमता र अद्वितीय लक्जरीले भरिएको ई०७ नेपाली ग्राहकले अनुभव गर्न पाउने भएको छ।
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ। यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ।
सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ। साथै यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंग आदिलाई सजह बनाउँछ।
दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ। ‘एडाप्टिभ आयल कुलिङ सिस्टम’ र ‘अल्ट्रा-थिन सिलिकन मोटर कभरिङ’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङ’मा मद्दत गर्छ। यसको ‘युनिक सुपर पावर सेभिङ मोड’ ले ड्राइभिङ रेन्जलाई अझ बढाउँछ।