शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निरन्तर उचाइतर्फ सुनको मूल्य, तोलाकै एक लाख ८६ हजार पुग्यो

आइतबार, चैत ३१ २०८१
निरन्तर उचाइतर्फ सुनको मूल्य, तोलाकै एक लाख ८६ हजार पुग्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ८६ हजार रूपैयाँ पुगेको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको मूल्य निरन्तर उचाइतर्फ लागिरहेको छ। 

पछिल्लो समय लगातार मूल्य बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता आइतबार पनि प्रतितोला एक हजार रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख एक लाख ८६ हजार रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि गएको शुक्रबार पनि सुन उच्च मूल्य प्रतितोला एक लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज प्रतितोला ५५ रूपैयाँले वृद्धि भएको छ।

आज चाँदी प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, चैत ३१ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend