बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

हिमपातले जुम्लाको विद्युत सेवा अवरुद्ध

images
शनिबार, माघ २२ २०७८
images
images
हिमपातले जुम्लाको विद्युत सेवा अवरुद्ध

हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए।

images
images

जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ। सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन्। हिमपातले विद्युत प्रसारण लाइन अवरुद्ध भएको छ।

images
images

हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए।

images
images

विद्युत प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन्। विद्युत अवरुद्ध भएपछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युतका खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत सेवा अवरुद्ध भएको हो।

images
images

मौसम सफा भएपछि कुन ठाउँमा विद्युत क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए।

हिमपातका कारण जुम्ला जिल्ला पुरै हिउँले सेताम्य भएको छ। हिउँले विद्यालयको पठनपाठन रोकिएको छ। हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ।

कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो

कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको हो।

कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ। हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन्।

आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजीअ प्रमिला रिजालले बताए। सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन्।

सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए।हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन। भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ। रासस


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend