शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नयाँ वर्षमा जम्बो इलेक्ट्रिक स्कुटरमा ५० हजार छुटसहित आकर्षक उपहार

शनिबार, चैत ३० २०८१
नयाँ वर्षमा जम्बो इलेक्ट्रिक स्कुटरमा ५० हजार छुटसहित आकर्षक उपहार

जम्बो इको भेहिकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिकल स्कुटर तथा ई-साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ।

काठमाडौं- नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलको धमाकाअन्तर्गत ५० हजार रुपैयाँ नगद छुटसहित विभिन्न उपहारको योजना ल्याएको छ।

विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले दुर्घटना बीमा, आईएसआई मापदण्डको स्तरीय हेलमेटको समेत व्यवस्था गरेको छ। स्कुटर खरिदलाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्सको पनि व्यवस्था रहेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई मध्यनजर गर्दै लोकन्थलीमा जम्बो इको भेहिकलको मल्टी ब्रान्ड शोरुम रहेको छ।

कम्पनीले लेवनिङ, एमडीकेए, ग्यारो, पियोर ईभीजस्ता विभिन्न ब्रान्डका विद्युतीय स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ। साथै बाइक स्कुटरको लाइसेन्स नभएर सवारी चलाउनबाट वञ्चित ग्राहकलाई लक्षित गरी विभिन्न मोडेलका विद्युतीय साइकलहरु बिक्री गर्दै आएको छ।

जम्बो इको भेहिकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिकल स्कुटर तथा ई-साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ। ग्राहकलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जरलगायत स्पेयर पार्टस सुफद मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ।

यसले ग्राहकहरुले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन्। साथै होम सर्भिसको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ।

हाल जम्बो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाटदेखि ३००० वाट मोटर भएका ७२ भोल्टसम्मका विद्युतीय स्कुटर तथा ई-साइकलहरु बिक्री  गर्दै आएको छ। जसको मूल्य ६० हजारदेखि ३ लाख २० हजार रुपैयाँसम्म रहेको छ। यो मूल्यमा नयाँ वर्षको स्किम पाइने कम्पनीको भनाइ छ।


प्रकाशित : शनिबार, चैत ३० २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend