शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट

शनिबार, चैत ३० २०८१
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट

साथै प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ। यसबाहेक एकजना भाग्यमानी ग्राहकले आफूले किनेको स्कुटरमा ५० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं- नेपालमा इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। 'सुपर सेभ अफर' नामक यस अफरअन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा ६० हजार रुपैयाँसम्मको छुट पाउनेछन्। 

यो योजना नयाँ वर्षसँगै स्वच्छ, हरित र किफायती यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो। यस अफरअन्तर्गत केफाइभ मोडेल १ लाख ६९ हजार ९ रुपैयाँमा, रोबोएस ३ लाख २० हजार ९ सय रुपैयाँमा र हक २ लाख ३६ हजार ९ सय रुरपैयाँमा उपलब्ध छन्।

साथै प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ। यसबाहेक एक जना भाग्यमानी ग्राहकले आफूले किनेको स्कुटरमा ५० प्रतिशत छुट पाउनेछन्।

सुनरा नेपालका सेल्स तथा मार्केटिङ मेनेजर नबराज घिमिरेले भने, 'हामी नेपाली बजारमा हरित र दिगो यातायातको संस्कृति विकास गर्न प्रतिबद्ध छौँ। नयाँ वर्ष २०८२ को शुभ अवसरमा, ग्राहकहरूलाई सहज, सुरक्षित र वातावरणमैत्री यात्रा अपनाउन प्रोत्साहित गर्दै यो विशेष अफर ल्याएका छौँ।'

यस अभियानले वातावरणीय प्रदूषण घटाउने, पेट्रोलको बढ्दो मूल्यबाट राहत दिने र दीर्घकालीन यात्रा खर्च कम गर्ने क्षेत्रमा पनि योगदान पुर्‍याउनेछ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ। इच्छुक ग्राहकहरूले नजिकैको सुनरा शोरूममा गइ टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सकिने छ। 


प्रकाशित : शनिबार, चैत ३० २०८११४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend