शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भोलिबाट देशभर टाटाको 'नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव'

बिहीबार , चैत २८ २०८१
भोलिबाट देशभर टाटाको 'नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव'

'नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव' मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ ईभी खरिद गर्ने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्टमै गाडीहरु खरिद गर्न सक्नेछन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ अवसरमा 'नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव' को घोषणा गरेको छ।

यही चैत २९ देखि बैशाख २ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३. ईभी, र कर्भ ईभी एक्सचेन्ज गर्न सकिनेछ। 

'नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव' मा आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ ईभी खरिद गर्ने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्टमै गाडीहरु खरिद गर्न सक्नेछन्। साथै ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम नि:शुल्क चार्जिङ, नि:शुल्क चार्जिङ बक्स (जडानसहित) एवं नि:शुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्।

यस्तै, सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गइ नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , चैत २८ २०८११७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend