आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु

नयाँ सोरुमबाट विभिन्न अफरसहितको टेस्ट ड्राइभ र एक्सचेन्ज

images
बिहीबार , चैत २८ २०८१
images
चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु

एमएडब्लू वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सय वटाभन्दा दिपल बिक्री भइसकेको र  यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए।

images
images

चितवन- नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल ईभीहरुको बिक्री औपचारिक रुपमा सुरु गरेको छ। 

images
images
images

बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले फ्युचरिस्टिक डिजायन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन्। 

images
images

दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे। साथै उनले चांगान र अन्य ब्रान्डहरुले बिक्रीमात्र नभइ बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

images
images

त्यसैगरी एमएडब्लू वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सय वटाभन्दा दिपल बिक्री भइसकेको र  यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए। उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंग अटोमोबाइल जोडिएकोमा धन्यवाद पनि प्रकट गरे। 

दिपलको नयाँ शोरुम चितवनमा 

एमएडब्लू वृद्धिले राजहंस अटोमोबाइलमार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ।

चितवनमा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ। यो अवधिमा चितवनका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिने छ। 

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्नेछन्। यसका साथै फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउने छन्। साथै दिपलका ईभी टेस्ट ड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहार पनि पाउने कम्पनीले जनाएको छ।  

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा आठ सयभन्दा बढी बिक्री भइसकेको छ। 


प्रकाशित : बिहीबार , चैत २८ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend