शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

बिहीबार , चैत २८ २०८१
प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुग्यो सुन

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार एकसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ। बिहीबार प्रतितोला ५ हजार ७ सय रूपैयाँले वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ८१ हजार एकसय रूपैयाँ कायम भएको छ। 

पछिल्लो समय लगातार उचाइमा पुगेर यो साता भने लगातार घटिरहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको थियो। बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यो साता आइतबार प्रतितोला एक हजार ९ सय र सोमबार ७ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यसअघि चैत २१ मा सुन उच्च मूल्य प्रतितोला एक लाख ८० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ६५ रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय रूपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , चैत २८ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend