शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य पुन: उकालो, एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढ्यो

बुधबार, चैत २७ २०८१
सुनको मूल्य पुन: उकालो, एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढ्यो

बुधबार सुन प्रतितोला दुई हजार रूपैयाँले महँगो हुँदा चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- पछिल्लो समय लगातार उचाइमा पुगेर यो साता भने लगातार घटिरहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको छ।

बुधबार सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएर प्रतितोला एक लाख ७५ हजार चारसय रूपैयाँ पुगेको छ। 

यो साता आइतबार प्रतितोला एक हजार ९ सय र सोमबार ७ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा चाँदीको मूल्य पनि बुधबार प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, चैत २७ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend