काठमाडौं- पछिल्लो समय लगातार उचाइमा पुगेर यो साता भने लगातार घटिरहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेको छ।
बुधबार सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएर प्रतितोला एक लाख ७५ हजार चारसय रूपैयाँ पुगेको छ।
यो साता आइतबार प्रतितोला एक हजार ९ सय र सोमबार ७ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो। मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा चाँदीको मूल्य पनि बुधबार प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँ तोकिएको छ।