शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बुटवल र भैरहवामा एमजीको नयाँ विद्युतीय एसयूभी एसफाइभ सार्वजनिक

मंगलबार, चैत २६ २०८१
बुटवल र भैरहवामा एमजीको नयाँ विद्युतीय एसयूभी एसफाइभ सार्वजनिक

एमजी एसफाइभ ईभी कटिङ-एज टेक्नोलोजी, उत्कृष्ट दक्षता र प्रिमियत विशेषतासहित नेपाली बजारमा उपलब्ध रहेको छ।

काठमाडौं- आइतबार एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एसफाइभ बुटवल र भैरहवामा सार्वजनिक भएको हो। बुटवलमा वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीमार्फत त्यस क्षेत्रका उपभोक्तालाई गुणस्तरी र विश्वसनीय विद्युतीय एसयूभी एमजी एसफाइभ सार्वजनिक गरिएको हो। 

एमजी जेडएस ईभीको सक्सेसरका रुपमा परिस्क्रित प्रविधि र विशेषतासहित आएको एमजी एसफाइभ केही समयअघि काठमाडौंमा सार्वजनिक भएको थियो। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुटवल तथा भैरहवा क्षेत्रका उपभोक्तालाई लक्षित गरेर एमजी एसफाइभ सार्वजनिक गरिएको जनाएको छ। 

एमजी एसफाइभ ईभी कटिङ-एज टेक्नोलोजी, उत्कृष्ट दक्षता र प्रिमियत विशेषतासहित नेपाली बजारमा उपलब्ध रहेको छ। परामाउन्ट मोटर्सले काठमाडौंमा यो विद्युतीय एसयूभीको डेलिभरी सुरु गरिसकेको छ।

एमजी एसफाइभ सार्वजनिक भएसँगै बुटवलमा वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीले गाडीको टेस्ट ड्राइभ तथा बुकिङ खुलाएका छन्। यस क्षेत्रका उपभोक्तालाई एसफाइभको टेस्ट ड्राइभ गराएर गाडीको ‘टच एन्ड फिल’ गराएरमात्रै गाडीको बुकिङ लिने कम्पनीले जनाएका छन्। 

एमजी एसफाइभ नेपाली बजारमा कम्फर्ट र डिलक्स गरि दुई भेरियन्टमा उपलब्ध छन्। दुवै भेरियन्ट ९९ सय किलोवाट मोटरमा आउने र २ सय ५० एनएम टर्क प्रदान गर्छ। बढी रेन्ज खोज्ने उपभोक्ताका लागि एमजीले डिलक्स भेरियन्टको एसफाइभ ६२ किलोवाट आवरको ब्याट्री प्याकमा ल्याएको छ। कम्फर्ट भेरियन्टमा भने ४९ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रहेको छ। 

४९ किलोवाट आवरको ब्याट्री भएको कम्फर्ट र डिलक्स एसफाइभको मूल्य क्रमशः ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै ६२ किलोवाट आवर ब्याट्री भएको एसफाइभको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

प्योर ईभी प्लेटफर्ममा बनेको एमजी एसफाइभमा सेगमेन्टकै नवीनतम प्रविधिमा आधारित विद्युतीय एसयूभी हो। विश्वकै पातलो मध्येको ब्याट्री प्रयोग भएकाले यो एसयूभीको सेन्टर अफ ग्राभिटी उत्कृष्ट भएकाले यसले गाडीको स्ट्याबिलिटी र इफिसियन्सी बढाएको छ। 

रेयर ह्वील ड्राइभमा उपलब्ध एसफाइभमा फाइभ-लिङक इन्डिपेन्डेन्ट सस्पेन्सन सिस्टम रहेको छ। थ्री स्पोक स्टेरिङ ह्वील भएको यो कारमा ४ सय ५३ लिटरको बुट स्पेस रहेको छ। कारमा युट्युव, स्पोटिफाइ र टिकटक इनब्युल्ड एपका रुपमा उपलब्ध छन्।

एमजी एसफायभ नेपाली विद्युतीय कार बजारमा गेम चेन्जर कारका रुपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।


प्रकाशित : मंगलबार, चैत २६ २०८११९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend