शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार गिरावट, आज प्रतितोला चारसय रूपैयाँले घट्यो

मंगलबार, चैत २६ २०८१
सुनको मूल्यमा लगातार गिरावट, आज प्रतितोला चारसय रूपैयाँले घट्यो

आइतबार प्रतितोला ७० रूपैयाँले घटेर सोमबार ३० रूपैयाँले वृद्धि भएको चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्यमा लगातार गिरावट आएको छ। यो साता आइतबार प्रतितोला एक हजार ९ सय र सोमबार ७ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार चारसय रूपैयाँ तोकिएको छ। सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला ७० रूपैयाँले घटेर सोमबार ३० रूपैयाँले वृद्धि भएको चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित : मंगलबार, चैत २६ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend