शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

सोमबार, चैत २५ २०८१
तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। 

यो साता आइतबार प्रतितोला एक लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ७३ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ७० रूपैयाँले घटेको चाँदीको मूल्य भने सोमबार प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार चाँदी प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, चैत २५ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend