बुधबार, चैत २७ गते २०८१    
बुधबार, चैत २७ २०८१
images
images

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

images
आइतबार, चैत २४ २०८१
images
images
प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

images
images

पोखरा- प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले यहाँका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी 'एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी' को स्थापना गरेको छ।

images
images

यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकको गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ। उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए।

images
images

'एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी' मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ। उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।

images
images

'एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी' मार्फत बैंकले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया, वित्तीय परामर्श सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : आइतबार, चैत २४ २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend