काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँले घटेको छ।
आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि गएको शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७० रूपैयाँले घटेको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
गएको शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको थियो।