शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
सानिमा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा.लिसँग सहकार्य गरेको छ। 

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ । ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रालिलाई जानकारी गराउनु पर्नेछ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा एटिएमहरु संचालनमा रहेका छन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।  

 


प्रकाशित : शुक्रबार, चैत २२ २०८११८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend