शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई दुई लाख रूपैयाँ सहयोग

बिहीबार , चैत २१ २०८१
सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई दुई लाख रूपैयाँ सहयोग

बैंकले आफ्नो १८औँ वार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोगस्वरुप दुई लाख रूपैयाँ प्रदान गरेको छ।

बैंकले आफ्नो १८औँ वार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो।

बेबी लाईफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित रहेका छन्। उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले बताए।

हरेक वर्ष आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको बैंकले जनाएको छ। यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ।

बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ।

साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सय वटा शाखा, १ सय ६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बिहीबार , चैत २१ २०८११६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend