शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ८० हजार ३ सय रूपैयाँ पुग्यो

बिहीबार , चैत २१ २०८१
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ८० हजार ३ सय रूपैयाँ पुग्यो

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ८० हजार ३ सय रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

गएको शुक्रबारयता निरन्तर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य यो साता बुधबार तोलामा ६ सय रूपैयाँले घटेर एक लाख ७९ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७ सय रूपैयाँ पुगेको थियो। यो साता आइतबार पनि सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रूपैयाँको उच्च मूल्यमा पुगेको थियो।

बुधबार तोलामा १५ रूपैयाँले बढेको चाँदीको मूल्य भने बिहीबार प्रतितोला २५ रूपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ। 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले निरन्तर उचाइ हासिल गरिरहेको छ। पछिल्लो ३० दिनमै सुनको मूल्य ७ प्रतिशतले बढेको छ भने ६ महिनामा १६ प्रतिशतले। पछिल्लो एक वर्षमा सनुको मूल्य ३७ प्रतिशतले बढेको छ। 

सुनको मूल्यमा निरन्तरको वृद्धि अझै नरोकिने अन्तर्राष्ट्रिय संस्थाहरूले विश्लेषण गरेका छन्। अमेरिकाले आयातमा उच्च कर लगाउँदै जाँदा त्यसले मूल्यवृद्धिको त्रास झनै बढाएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।


प्रकाशित : बिहीबार , चैत २१ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend