शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनआईसी एसिया बैंकको एटीएमबाट एटीएम कार्डबिना नै ईसेवा वालेटको रकम निकाल्न सकिने

बुधबार, चैत २० २०८१
एनआईसी एसिया बैंकको एटीएमबाट एटीएम कार्डबिना नै ईसेवा वालेटको रकम निकाल्न सकिने

मुलकभर रहेका यस बैंकका ६ सय ७० एटीएमहरुबाट ईसेवा वालेटमा रहेको रकम कुनै झन्झटबिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ।

काठमाडौं- एनआईसी एसिया बैंकले मुलुकभर रहेका आफ्ना एटीएमहरुबाट ईसेवा वालेटमा रहेको रकम एटीएम कार्डबिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ।

मुलकभर रहेका यस बैंकका ६ सय ७० एटीएमहरुबाट ईसेवा वालेटमा रहेको रकम कुनै झन्झटबिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ।

यसका लागि सबैभन्दा पहिला ईसेवा एप लगइन गरेर फाइनान्सियल पेमेन्टअन्तर्गत रहेको एटीएम विथड्रलमा एनआईसी एसिया बैंक छनौट गर्नुपर्छ।

अब दिएको निर्देशनअनुसार एक हजार, दुई हजार, तीन हजार, चार हजार र पाँच हजार रूपैयाँ रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नुपर्छ। त्यसपछि ईसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ।

अब एनआईसी एसिया बैंकको एटीएममा रहेको कार्डलेस विथड्रल अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि ईसेवा छनौट गर्नुपर्छ।

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ। हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रूपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रूपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ।

आफ्ना ग्राहकहरु तथा ईसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले नयाँ सेवाको सुरुवात गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) रन्जन खड्काले बताए।


प्रकाशित : बुधबार, चैत २० २०८११२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend