शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लगातार बढ्दै सुनको मूल्य अहिलेसम्मकै उच्च

आइतबार, चैत १७ २०८१
लगातार बढ्दै सुनको मूल्य अहिलेसम्मकै उच्च

त्यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

गएको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँको कीर्तिमानी मूल्यमा कारोबार भएको सुन आज आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको छ।

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। यसअघिको चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्यमा पुगेको सुनले गएको शुक्रबार र आज आइतबार पनि लगातार उच्च मूल्य भेटेको हो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

त्यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएको छ।  


प्रकाशित : आइतबार, चैत १७ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend