शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाली बजारमा अहिलेसम्मकै उच्च भयो सुनको मूल्य

शुक्रबार, चैत १५ २०८१
नेपाली बजारमा अहिलेसम्मकै उच्च भयो सुनको मूल्य

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

हिजो बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ।

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। यसअघिको उच्च मूल्य यही चैत ६ र ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

त्यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ।  


प्रकाशित : शुक्रबार, चैत १५ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend