सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

प्रतितोला १३ सय रूपैयाँले महँगियो सुन

images
बिहीबार , चैत १४ २०८१
images
images
प्रतितोला १३ सय रूपैयाँले महँगियो सुन

बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ३० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ३ सय रूपैयाँले बढेर प्रतितिला एक लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएको छ।

images
images

यो साता निरन्तर ओरालो लागेर बुधबार पुन: उकालो लागेको सुनको मूल्य बिहीबार पनि वृद्धि भएको हो। बुधबार सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

यो साता आइतबार ९ सय र सोमबार ६ सय रूपैयाँले सस्तिएको सुनको मूल्य मंगलबार प्रतितोला दुईसयले घटेको थियो।

images
images

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

बुधबार एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला दुई हजार २० रूपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , चैत १४ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend