सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

निरन्तर घटिरहेको सुनको मूल्य पुन: बढ्यो

images
बुधबार, चैत १३ २०८१
images
images
निरन्तर घटिरहेको सुनको मूल्य पुन: बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढ्दा चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- यो साता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बुधबार भने पुन: उकालो लागेको छ।

images
images

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ७३ हजार ५ सय रूपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला एक ७३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

आइतबार तोलामा ९ सय र सोमबार ६ सय रूपैयाँले सस्तिएको सुनको मूल्य मंगलबार प्रतितोला दुईसयले घटेको थियो।

images
images

चाँदीको मूल्य पनि बुधबार सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार १५ रूपैयाँले सस्तिएर सोमबार र मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, चैत १३ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend