मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उपयोग नै नभइ घर्किँदैछ नेपालको जनसांख्यिक लाभांशको अवसर

बिहीबार , चैत १४ २०८१
उपयोग नै नभइ घर्किँदैछ नेपालको जनसांख्यिक लाभांशको अवसर

अर्कोतिर लाभांशको अवसरको उपयोग प्रायस भने सन्तोषजनक देखिएको छैन। कार्यालयले विभिन्न सूचकको आधारमा लाभांश उपयोगको प्रयास कति भयो भनेर निकालेको सूचकमा ६ अंक छ। यो भनेको सम्भावनाको ६० प्रतिशतमात्र उपयोग भएको देखिन्छ।

काठमाडौं- नेपाल सरकारको तथ्यांकसम्बन्धीको आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले नेपालले पाइरहेको जनसांख्यिक लाभको अवसर उपयोग नै नगरी घर्किन थालेको तथ्यांकीय विश्लेषण प्रकाशन गरेको छ। 

जनसांख्यिक लाभांशको चरणमा नेपाल कहिलेदेखि प्रवेश गर्‍यो भन्ने अलमलकै बीचमा खासमा नेपालले यसअघि नै लाभको चरणमा प्रवेश गरेर पनि मध्यवर्ती चरणमा प्रवेश गरिसकेको एउटा अनुमान प्रस्तुत गरेको छ। 

विभिन्न अनुमान मोडेलबाट विश्लेषण गर्दै कार्यालयले नेपालमा अहिले अभूतपुर्व जनसांख्यिक अनुकूलता भएको पनि उल्लेख गरेको छ। आर्थिक रुपमा सक्रीय जनसंख्या अधिक रहेको र निष्क्रीय जनसंख्याको अनुमत न्यून रहेकाले आर्थिक विकासका लागि यो अभूतपूर्व अवसर हो। 

तर यस्तो अवसर अहिलेसम्म खासै उपयोग हुन नसकेको सूचक पनि कार्यालयले निकालेको छ। 

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा आर्थिक रुपमा सक्रीय जनसंख्या ६५ प्रतिशत रहेको छ। 

नेपालको जनसांख्यिक लाभ : सीप र अवसरबिनाको युवा संख्या बोझ बन्ने जोखिम नेपालको जनसांख्यिक लाभ : सीप र अवसरबिनाको युवा संख्या बोझ बन्ने जोखिम

ठ्याक्कै नेपाल कहिले लाभको चरणमा प्रवेश गर्‍यो भनेर भन्नका लागि वृद्धिदरका विभिन्न अनुमानका आधारमा विश्लेषण गरिएको छ। २०४८ देखि २०७४ को बीचमा मुलक जनसांख्यिक लाभको चरणमा प्रवेश गरेको कार्यालयको अनुमान छ। 

अन्य सूचकहरूले भने नेपाल जनसांख्यिक लाभको मध्यवर्ती समयमा पुगिसकेको देखाएको छ। जनसांख्यिक लाभांश सूचक जसमा बालविवाहको अनुपात, विद्यालयको खुद उपस्थिति दर, रोजगारी, तालिम, युवा, लिङ्ग र उमेर समूहको आधारमा तयार पारिएको छ। यसमा जति धेरै अंक भयो अधिक लाभांशको अवसर थोरै भयो भने न्यून देखाउँछ। यसमा नेपालको सूचक ७० रहेको छ। यसले मध्यवर्ती चरणमा प्रवेश गरेको देखाउँछ। 

लाभांश जति रहेपनि बढीमा अबको ३० वर्षमा नेपाल लाभांशको अवसरबाट बाहिरिने जोखिम बढेको छ। घट्दो प्रजनन् दर र बढ्दो औसत आयुले गर्दा अवसर खुम्चिने देखिएको छ। 

Screenshot 2025-03-25 at 19.08.57.png

अर्कोतिर लाभांशको अवसरको उपयोग प्रायस भने सन्तोषजनक देखिएको छैन। कार्यालयले विभिन्न सूचकको आधारमा लाभंश उपयोगको प्रयास कति भयो भनेर निकालेको सूचकमा ६ अंक छ। यो भनेको सम्भावनाको ६० प्रतिशतमात्र उपयोग भएको देखिन्छ। 

सीप र अवसरबिनाको उच्च संख्यामात्र लाभ नभइ बोझ बन्ने जोखिम रहेको विभिन्न विज्ञहरूले पछिल्लो समय चेतावनी दिँदै आएका छन्। 


प्रकाशित : बिहीबार , चैत १४ २०८११०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend