शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सनलङको विद्युतीय कार्गो पिकअप नेपाल भित्रियो

मंगलबार, चैत १२ २०८१
सनलङको विद्युतीय कार्गो पिकअप नेपाल भित्रियो

यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ। यसलाई एक पटकको फुलचार्जमा २ सय ८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

काठमाडौं- सनलङको विद्युतीय कार्गो पिकअप नेपाल भित्रिएको छ। ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो। 

कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो। सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ। 

यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ। यसलाई एक पटकको फुलचार्जमा २ सय ८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

सनलङ ईभीयू-३ को लम्बाई ४९ सय ९५ एमएम, चौडाई १६ सय ६५ एमएम, उचाई १८ सय २० एमएम र ह्वीलवेस ३० सय ५० एमएम रहेको छ। यसको कार्गोको स्पेसको लम्बाई ३१ सय ५५ एमएम, चौडाई १५ सय ४० एमएम र उचाई ३३० एमएम छ। यसको १.४ टन लोडिङ क्षमता रहेको छ।

यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म छ। यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको छ। कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टि दिने बताएको छ।

ब्लू कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो। कम्पनीले निकट भविष्यमै कमर्सयल भ्यानसमेत ल्याउने तयारी थालेको छ। कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ।


प्रकाशित : मंगलबार, चैत १२ २०८११६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend