शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला दुईसयले घट्यो

मंगलबार, चैत १२ २०८१
सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला दुईसयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौं- यो साता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। आइतबार तोलामा ९ सय र सोमबार ६ सय रूपैयाँले सस्तिएको सुनको मूल्य मंगलबार प्रतितोला दुईसय रूपैयाँले घटेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ३ सय रूपैयाँ तोकिएको छ।

यो साता सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला १५ रूपैयाँले सस्तिएर सोमबार स्थिर रहेको चाँदीको मूल्य भने मंगलबार पनि स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार ९ सय ८० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, चैत १२ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend