शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

स्काइवेलको फ्ल्यागसिप शोरुम इटहरीमा पनि

सोमबार, चैत ११ २०८१
स्काइवेलको फ्ल्यागसिप शोरुम इटहरीमा पनि

नेपालमा पाइने विद्युतीय सवारीसाधनहरु मध्ये सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी फाइभ नेपाली बजारमा एक बर्ष अगाडि भित्रिएको थियो।

काठमाडौं- स्काइवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो नयाँ फ्ल्यागसिप शोरुम सोमबार औपचारिक उद्घाटन गरेको छ।

नेपालमा पाइने विद्युतीय सवारीसाधनहरु मध्ये सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्रिएको थियो।

स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले पूर्वको इटहरीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। सोमबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री कर्ण राईको प्रमुख आतिथ्यतामा नयाँ शोरुम उद्घाटन भएको हो। 

उद्घाटनका अवसरमा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको उपस्थिति रहेको थियो।  

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसियासहित एसियामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काइवेल चीनीयाँ इलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो। 

भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभीको बिक्री सुरु गरेको थियो। नेपाली बजारमा भित्रिएको एक वर्षमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काइवेलले १ सयभन्दा बढी एसयूभीहरु नेपालमा बिक्री गरिसकेको जनाएको छ। 

उक्त संख्यामा बिक्री हुनुको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल बताए। ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी बिक्री गर्छौँ, उहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने महान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काइवेलका एसयूभी चढ्न थाल्नुहुन्छ,’ उनले भने, ‘त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिँ कति पनि चुक्नेछैनौँ। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौँ। हामीसँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन्।’

त्यस्तै जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालले स्काइवेल साधारण ईभीमात्र होइन यो प्रिमियम एसयूभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारीसाधन भएको बताए। 

एक करोड १५ लाख रुपैयाँसम्म मूल्य पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरियन्टको ४ सय १० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ। यसै वर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि ल्याउने तयारी गरेको छ। 


प्रकाशित : सोमबार, चैत ११ २०८११७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend