शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

वीरगञ्जमा 'टाटा योद्धा १.५ टी' सार्वजनिक

सोमबार, चैत ११ २०८१
वीरगञ्जमा 'टाटा योद्धा १.५ टी' सार्वजनिक

सिप्रदी ट्रेडिङ प्रालिले नेपालभर आफ्नो सशक्त बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको जनाएको छ।

वीरगञ्ज- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा योद्धा १.५ टीको क्षेत्रीय लन्च वीरगञ्जमा सम्पन्न गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको यो शक्तिशाली पिकअप अब वीरगञ्जका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुनेछ।

कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ, तथा विशिष्ट अतिथिहरू चिनिलाल पटेल, अध्यक्ष, पर्सा मदिरा व्यवसायी संघ, माधव राज पाल, उपाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ, तथा जग्गु शाह, अध्यक्ष, नेपाल तरकारी फलफूल व्यवसायी संघको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनिल अग्रवालले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरू को प्रशंसा गरे। 'टाटा मोटर्सले सधैँ नेपाललाई प्राथमिक बजार को रूपमा लिएको छ। सिप्रदीले निरन्तर रूपमा गुणस्तरीय सवारीसाधन र प्रभावकारी सेवा उपलब्ध गराउँदै आएको छ। टाटा योद्धा १.५ टीको प्रवेशले स्थानीय व्यवसायीहरूलाई उत्कृष्ट पिकअप विकल्प प्रदान गर्नेछ' उनले भने।

कार्यक्रममा एजीएम सीभी सेल्स सिप्रदी, कृष्ण चन्दले भने, 'टाटा योद्धा केवल एउटा पिकअप मात्र होइन, यो व्यवसायको लागि भरपर्दो साझेदार हो। यसमा टिकाउ प्रविधि, उच्च भार बहन क्षमता, तथा इन्धन कुशलता रहेको छ, जसले नेपाली व्यवसायीहरूलाई उत्पादकता बढाउन र सञ्चालन खर्च घटाउन मद्दत गर्दछ। हामी विश्वस्त छौँ कि टाटा योद्धा १.५ टी ले ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ।'

सिप्रदी ट्रेडिङ प्रालिले नेपालभर आफ्नो सशक्त बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको जनाएको छ।

टाटा योद्धा १.५ टी का प्रमुख विशेषताहरू :

शक्तिशाली थ्रीएल (२९५६ सीसी) डीजल इन्जिन - २५० एनएम टर्कसहित

१५०० किलोग्राम (१.५ टन) सम्मको भार बहन क्षमता

३० प्रतिशत ग्रेडिएबिलिटी - अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम

मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ अनुभव

४x२ तथा ४x४ विकल्पमा उपलब्ध


प्रकाशित : सोमबार, चैत ११ २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend