काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ भने चाँदीको स्थिर रहेको छ।
आइतबार तोलामा ९ सयले घटेर प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ७३ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ८० रूपैयाँ तोकिएको छ।
यो साता आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।