शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल मनी विक : सानिमा बैंकद्वारा देशैभरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, चैत १० २०८१
ग्लोबल मनी विक : सानिमा बैंकद्वारा देशैभरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकको सातै प्रदेशमा १ सय ३४ कार्यालयहरु र १ सय २६ एटीएम सञ्जालहरु सञ्चालनमा छन्।

काठमाडौं- सानिमा बैंकले २०८१ चैत ४ देखि चैत १० गतेसम्म ग्लोबल मनी विक २०२५ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

सातै प्रदेशमा रहेका आफ्ना शाखामार्फत विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु गरिएको बैंकले जनाएको छ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १ सय ३४ कार्यालयहरु र १ सय २६ एटीएम सञ्जालहरु सञ्चालनमा छन्।


प्रकाशित : आइतबार, चैत १० २०८११७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend