शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नारायण र सन्तोष बने महालक्ष्मी विकास बैंकको 'नेपाल दसैँ अभियान २०२४' को विजेता

आइतबार, चैत १० २०८१
नारायण र सन्तोष बने महालक्ष्मी विकास बैंकको 'नेपाल दसैँ अभियान २०२४' को विजेता

विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।

काठमाडौं- महालक्ष्मी विकास बैंकले 'नेपाल दसैँ अभियान २०२४' को विजेताहरु घोषणा गरेको छ।

नेपालीहरुको महान् पर्व दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्देश्यअनुरुप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो।

विजेताहरु क्रमश: नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन्। विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्।

बैंकका अनुसार नेपालभरबाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो। यस किसिमको अभियानबाट ग्राहकहरुको नवीनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहनालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको जनाएको छ। 


प्रकाशित : आइतबार, चैत १० २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend