काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
आइतबार प्रतितोला ९ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।
चाँदी आज प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।