शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेलले ल्यायो ‘सधैँ अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन सहज हुने

आइतबार, चैत १० २०८१
एनसेलले ल्यायो ‘सधैँ अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन सहज हुने

यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

काठमाडौं- आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले सधैँ अन १७९९ रोमिङ प्याक ल्याएको छ। यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाधरुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ मिल्ने एनसेलले जनाएको छ।

यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ।

यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन्। यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १,००,००० रूपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ। 

करसहित १७९९ रूपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैँ अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमासुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ। ग्राहकहरूले *१२३*७*६# डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन्।

'हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौँ। सधैँ अन १७९९ रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पसहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,' एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।


प्रकाशित : आइतबार, चैत १० २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend