शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिने

शनिबार, चैत ९ २०८१
दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिने

यो स्किम काठमाडौं नक्सालस्थित मुख्य शोरुमलगायत देशभरका डिलरहरुमा समेत लागु हुने कम्पनीको भनाइ छ।

काठमाडौं- नेपाली ईभीप्रेमीहरुका लागि प्रिमियम ईभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ। 

कम्पनीले ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने गरि अफर ल्याएको हो। 

यो स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिनेछ। दिपलको प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७ एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरी आफ्नो बनाउन सकिने एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ।

यसका अलावा, ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउने छन्। ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लू हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारी कर्जा पास गर्न व्यवस्था एमएडब्लू वृद्धिले गरेको छ। 

यो स्किम काठमाडौं नक्सालस्थित मुख्य शोरुमलगायत देशभरका डिलरहरुमा समेत लागु हुने कम्पनीको भनाइ छ। 

यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लू वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ। यो अफर चैत ८ गतेदेखि १५ दिनका लागि लागु हुनेछ। 

आफ्नो कटिङ एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलानीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गर्न सफल भएको छ।

हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल ईभी डेलिभरी भइसकेका छन्। यसको डिजाइन र टेक्नोलोजीबाट ग्राहक निकै सन्तुष्ट छन्।


प्रकाशित : शनिबार, चैत ९ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend