सोमबार, चैत १८ गते २०८१     १२ : २७ : ४८
सोमबार, चैत १८ २०८१
images
images

बर्दिबासमा 'टाटा योद्धा १.५ टी'को क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ८ २०८१
images
images
बर्दिबासमा 'टाटा योद्धा १.५ टी'को क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न
images
images

बर्दिबास- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा योद्धा १.५ टी को क्षेत्रीय लन्च कार्यक्रम बर्दिबासमा भव्य रूपमा सम्पन्न गरेको छ।

images
images

कार्यक्रममा प्रमुख अतिथि वकिल यादव, अध्यक्ष, फर्निचर व्यवसायी संघ, मिथिला नगरपालिका, तथा विशेष अतिथि जटा शंकर यादव, प्रहरी निरीक्षक, बर्दिबास को उपस्थितिमा गाडी सार्वजनिक गरियो। साथै, विशिष्ट अतिथि सन्तोष साह, अध्यक्ष, उद्योग वाणिज्य संघ, मिथिला नगरपालिका को समेत उपस्थिति रहेको थियो।

images
images

कार्यक्रममा बोल्दै सन्तोष साहले टाटा योद्धा १.५ टी को मजबुत बनावट, उच्च भार बहन क्षमता, र टिकाउपन को प्रशंसा गर्दै भने, 'व्यावसायिक प्रयोजनका लागि भरपर्दो गाडी खोज्ने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हो। साथै, सिप्रदी ट्रेडिङको बिक्रीपछिको सेवा नेपालभर छरिएको छ, जसले ग्राहकहरूलाई सहज रूपमा सेवा दिनेछ।'

images
images

त्यस्तै, जटा शंकर यादव ले यातायात सुरक्षाको महत्व बारे जोड दिँदै भने, 'सुरक्षित यात्रा र व्यवसायको लागि टिकाउ तथा भरपर्दो गाडी मात्र पर्याप्त हुँदैन, ट्राफिक नियमको पालना गर्नु पनि उत्तिकै आवश्यक छ। टाटा योद्धा १.५ टी सुरक्षित र आरामदायी ड्राइभिङ्ग अनुभव दिन सक्षम छ, जसले ट्राफिक सुरक्षामा पनि योगदान पुर्‍याउनेछ।'

कार्यक्रममा बोल्दै, एजीएम सीभी सेल्स, सिप्रदी, कृष्ण चन्दले भने, 'टाटा योद्धा केवल एउटा पिकअप मात्र होइन, यो व्यवसायको लागि भरपर्दो साझेदार हो। यसमा टिकाउ प्रविधि, उच्च भार बहन क्षमता, तथा ईन्धन कुशलता रहेको छ, जसले नेपाली व्यवसायीहरूलाई उत्पादकता बढाउन र सञ्चालन खर्च घटाउन मद्दत गर्दछ। हामी विश्वस्त छौं कि टाटा योद्धा १.५ टी ले ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ।'

सिप्रदी ट्रेडिङ प्रालिले नेपालभर आफ्नो सशक्त बिक्री तथा सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै आएको जनाएको छ।

टाटा योद्धा १.५ टी का प्रमुख विशेषताहरू:

शक्तिशाली थ्रीएल (२९५६ सीसी) डीजल इन्जिन - २५० एनएम टर्कसहित
१५०० किलोग्राम (१.५ टन) सम्मको भार बहन क्षमता
३० प्रतिशत ग्रेडिएबिलिटी - अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ अनुभव
४x२ तथा ४x४ विकल्पमा उपलब्ध


प्रकाशित : शुक्रबार, चैत ८ २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend