काठमाडौं- सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ।
आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने जनाइएको छ।
ग्यालेक्सी ए ५६ फाइभजी ले पहिलो पटक 'ओसम इन्टेलिजेन्स' सहितको एआई अनुभव ल्याएको जनाएको छ। वान यूआई सेभेन द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्याएको सामसङको भनाइ छ।
साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने सामसाङले जनाएको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ ओसम इन्टेलिजेन्स ले हाम्रो ‘एआई फर अल’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौँ।'
विशेष प्रि-अर्डर अफरहरू:
- २००० रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ।
- प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट थ्री, केवल ३ हजार ९ सय ९९ रुपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन्।
- उपलब्ध भेरियन्टहरू:
- १२ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज – एमआरपी ७० हजार ९ सय ९९
- ८ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज – एमआरपी ६५ हजार ९ सय ९९
- रंगहरू: ग्राफाइट, लाइट ग्रे र ओलिभ
साथै, ‘सबको-फोन’ र ‘अर्को-स्टोर’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए ५६ फाइभजी मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।
सामसङ इन्स्टा-फाइनान्स सेवा अन्तर्गत हुलास फिनसर्भ हाइअर पर्चेज लिमिटेड मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ। प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ।
ग्यालेक्सी ए ५६ फाइभजी को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुने सामसङले जनाएको छ।