शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

उच्च बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शुक्रबार, चैत ८ २०८१
उच्च बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहीबार अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- लगातार उचाइतर्फ लागेर बिहीबार वृद्धि थामिएको सुनको मूल्य शुक्रबार घटेको छ। यो साता मंगलबार र बुधबार लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर रहेकोमा शुक्रबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार र बिहीबार अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार उच्च बिन्दुमा पुग्दै प्रतितोला १ लाख ७५ हजार २ सय रूपैयाँ कायम भएको थियो। बुधबार पुन: प्रतितोला ८ सय रूपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो।

यसअघि गएको साता शुक्रबार पनि तोलामा चार हजार रूपैयाँले बढेर सुन उच्च मूल्यमा पुगेको थियो। त्यसदिन सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै बिहीबार प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, चैत ८ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend