शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रेकर्ड बिन्दुमै थामियो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार , चैत ७ २०८१
रेकर्ड बिन्दुमै थामियो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार सुनको मूल्य नेपाली बजारमा स्थिर रहेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- लगातार उचाइतर्फ लागिरहेको सुनको मूल्य बिहीबार भने थामिएको छ। यो साता मंगलबार र बुधबार लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रूपैयाँ तोकिएको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार उच्च बिन्दुमा पुग्दै प्रतितोला एक लाख ७५ हजार दुईसय रूपैयाँ कायम भएको थियो। बुधबार पुन: प्रतितोला ८ सय रूपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।

यसअघि गएको साता शुक्रबार पनि तोलामा चार हजार रूपैयाँले बढेर सुन उच्च मूल्यमा पुगेको थियो। त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने लगातार घटिरहेको छ। यो साता बुधबार प्रतितोला ५ रूपैयाँले सस्तिएको चाँदीको मूल्य बिहीबार प्रतितोला १५ रूपैयाँले बढेको छ।

बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार ३० रूपैयाँ तोकिएको छ।


प्रकाशित : बिहीबार , चैत ७ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend