बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

नेपालगञ्जमा सार्वजनिक भए टाटाका नयाँ ईभीहरु

images
बुधबार, चैत ६ २०८१
images
images
नेपालगञ्जमा सार्वजनिक भए टाटाका नयाँ ईभीहरु

नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेसनल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा टियागो ईभी२०२५ बिक्रीका लागि उपलब्ध भएका छन्।

images
images

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै सार्वजनिक भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी नेपालगञ्जमा पनि सार्जनिक भएका छन्। 

images
images

नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेसनल शोरुमबाट बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा टियागो ईभी२०२५ बिक्रीका लागि उपलब्ध भएका छन्।

images
images

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त बिस्टलगायतको उपस्थिति रहेको थियो।  

images
images

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले टाटा ईभीको नयाँ मोडलहरु नेपालगञ्जमा सार्वजनिक भएसँगै यस क्षेत्रका उपभोक्ताले टाटाका उत्कृष्ट ईभी खरिद गर्न सक्ने बताए।

कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण नेपालको बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ।  

'नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीमा धेरै रेञ्ज दिनेगरी आएको छ। टियागो ईभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुनेछ,' उनले भने।   

त्यस्तै रुद्रप्रिया इन्टरनेस्नलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्षित भएको बताए। 

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरु ढुक्क भएर लिन आग्रह गरे। उक्त कार्यक्रममा नयाँ ग्राहकहरुलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो। 

मंगलबारबाट नेपालगञ्जका ग्राहकहरुले रुद्रप्रिया इन्टरनेसनलको शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ ईभी, नेक्सन के३ र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सक्ने छन्।


प्रकाशित : बुधबार, चैत ६ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend